आरकेडि होल्डिङले एक करोड ४० लाख कित्ता आइपिओ प्रिमियम मूल्यमा निष्कासन गर्ने

१७ माघ २०८०, बुधबार १२:२४

काठमाडौँ । आरकेडि होल्डिङ लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक करोड ४० लाख कित्ता आइपिओ प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको हो ।

कम्पनीले आइपिओ बिक्रीको प्रक्रिया पूरा गर्नको लागि सेयर बिक्री प्रबन्धक र सेयर बिक्री प्रत्याभूतकर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी रहेको छ । साधारण सभा आह्वान समेत आव्हान र्ने तयारीमा कम्पनी रहेको छ ।

सो कम्पनीले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पन्चासे केवलकार लिमिटेड, लगायतका पर्यटकीय पूर्वधारयुक्त उद्योगहरू र रियल स्टेट साथै निर्माण क्षेत्र र इभेन्ट म्यानेजमेन्टका लागि पुँजी लगानी गरिरहेको छ।

सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*