विद्युत् प्राधिकरण धनगढीले काट्यो २ सय ५३ ग्राहकको लाइन

१७ माघ २०८०, बुधबार १२:५२

काठमाडौँ । लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न नेपाल विद्युत् प्राधिकरण धनगढीले काट्न सुरु गरेको छ । धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको हो ।

महसुल बुझाउन ताकेता गर्दासमेत आनाकानी गरेको प्राधिकरणको भनाइरहेको छ । प्राधिकरणले पहिलो चरणमा सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।

ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*