बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने

१७ माघ २०८०, बुधबार १५:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै वाणिज्य बैंक र विकास बैंकलाई सिलबन्दी दरभाउ पेस गर्न आह्वान गरेको हो ।

इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । पेस हुन आएका सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने जनाएको छ ।

मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष पेश गर्ने प्राधिकरणले भनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*