जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

१७ माघ २०८०, बुधबार १५:५३

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा मिति सार्वजनिक गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा अभिकर्ताको परीक्षा माघ १९ गते हुने जनाएको हो ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लियर मात्र इजाजपत्र दिने ब्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाईन परीक्षा हुन लागेको हो ।

परीक्षा माघ १९ गते पहिलो चरणमा दिउँसो १ः३० बजेदेखि ३ बजे र दोस्रो चरणमा ३ः१५देखि ४ः४५ सम्म हुने प्राधिकरणले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*