बुङ्मतीबाट पाटन ल्याइयो रातो मच्छिन्द्रनाथ

१७ माघ २०८०, बुधबार १७:४५

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर ल्याइयो छ ।‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो छ ।रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन अनुसार आज ३स्३० को साइत पारेर बुङ्मती मन्दिर बाट तःबहाल मन्दिर लगिएको छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*