सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा, उच्च स्थानमा हिमपात

१८ माघ २०८०, बिहीबार ०८:५५

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली भई हल्का वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

सुदूरपश्चिमका अधिकांश पहाडि जिल्लाहरुमा रातिदेखि नै वर्षा भइरहेको छ भने केहि स्थानमा हिउँ समेत स्थानियले बताएका छन् । डडेल्धुरालगायत खप्तड राष्ट्रिय निकुञ्ज आसपासमा हिमपात भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*