रिलायन्स फाईनान्स र समाज डेन्टलबीच छुट सम्झौता

१८ माघ २०८०, बिहीबार १०:३८

काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा. लि. बुटवलबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरिएको छ ।

उक्त सम्झौतामा रिलायन्स फाईनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्य र आधुनिक समाज डेण्टल केयर प्रा.लि .बुटवलका प्रबन्ध निर्देशक अमृत भुसालले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार रिलायन्स फाईनान्स लिमिटेडका ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई आधुनिक समाज डेण्टल केयर प्रा. लि. ले प्रदान गर्ने सेवामा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*