कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री डा. महत

१८ माघ २०८०, बिहीबार १२:२६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दिक्षान्त समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले भने ‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ ।’

महतले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए ।

महतले बोले, ‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ । यो तपाईहरुले पूरा गरिदिनु भयो भने सुशासन सुनिश्चित हो ।’

उनले थपे, ‘प्रतिज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*