नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

१८ माघ २०८०, बिहीबार १२:५२

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । आज अर्थात माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आजको बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*