भारतीय बजेटमा नेपाललाई दिने अनुदान बढ्यो, २०२५/२५ मा ११ अर्ब पाउने

१८ माघ २०८०, बिहीबार १५:४५

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान संशोधन गरेको छ । नेपालका लागि भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको भारतीय बजेटमा नेपाललाई दिइने अनुदान बढेर आएको हो ।

वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले यो पल्ट अनुदानमा संशोधन गरेको हो । यस वर्ष संशोधित बजेटभन्दा बढेर अनुदान विनियोजन गरेको बताइएको छ । वित्त वर्ष २०२२/२३ मा भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको थियो ।

भारतले छिमेकी मुलुक भुटानलाई भने सहायता घटाएको छ । भुटानलाई सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको भारतले वित्त वर्ष २०२४/२५ का लागि २० अर्ब ६८ करोड भारु मात्रै पाउने छ ।

जसमध्ये ९ अर्ब ८९ करोड ऋण हो । गएको वर्ष भुटानका लागि २४ अर्ब विनियोजन गरेको भारतले संशोधन गर्दा २३ अर्ब ९८ करोडमा झारेको थियो । भारत र माल्दिभ्सबीच विवाद चर्किरहेका बेला पनि अनुदान बढेको छ । भारतले वित्त वर्ष २०२४/२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारु अनुदान दिने घोषणा गरेको छ ।

जुन अघिल्ला वर्षका तुलनामा धेरै हो । वित्त वर्ष २०२३/२४ मा ४ अर्ब विनियोजन भएको थियो । भारतले नेपाल, भुटान र माल्दिभ्सबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारसहितका मुलुकलाई नामै तोकेर अनुदान दिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*