अरुण चौधरी पक्राउ परेपछि व्यावसायिक संगठनहरुले बोलाए आकस्मिक पत्रकार सम्मेलन

१८ माघ २०८०, बिहीबार १६:५४

काठमाडौं। व्यवसायी विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेपछि तीन प्रमुख व्यावसायिक संगठनहरुले आकस्मिक बैठक बोलाएका छन्।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले व्यवसायी अरुण चौधरी पक्राउपछिको अवस्थाबारे छलफल गर्न आकस्मिक बैठक डाकेका हुन्।

तीनवटै संगठनले यसबारे छलफल गरी साँझ साढे ५ बजे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।

उनीमाथि बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कानुनविपरीत चाँदबाग स्कुलको नाममा ल्याएको आरोप छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*