अरुण चौधरी पक्राउ परेपछि व्यावसायिक संगठनहरुले बोलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं। व्यवसायी विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेपछि तीन प्रमुख व्यावसायिक संगठनहरुले आकस्मिक बैठक बोलाएका छन्।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले व्यवसायी अरुण चौधरी पक्राउपछिको अवस्थाबारे छलफल गर्न आकस्मिक बैठक डाकेका हुन्।
तीनवटै संगठनले यसबारे छलफल गरी साँझ साढे ५ बजे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।
उनीमाथि बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कानुनविपरीत चाँदबाग स्कुलको नाममा ल्याएको आरोप छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।











