उद्योगपति अरुण चौधरी पक्राउ परेको विषयमा तीन निजी क्षेत्रका छाता संस्थाहरुको आपत्ती

१८ माघ २०८०, बिहीबार १८:३८

 

काठमाडौं । उद्योगपति अरुण चौधरी पक्राउ परेको विषयमा तीन निजी क्षेत्रका छाता संस्थाहरुले आपत्ती जनाएका छन् । उद्योगपति अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा तीन निजी क्षेत्रका छाता संस्थाहरुले आपत्ती जनाएका हुन् ।

मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि हुने यस्तो क्रियाकलापले समस्या निम्त्याउने भन्दै आकस्मित पत्रकार सम्मेलनमा आपत्ती जनाएका हुन् ।

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको जनाएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताएका छन् ।महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,” महासंघले भनेको छ ।

लगानी सम्मेलन हुन गइरहेको यस्तो खबरले सकारात्मक सन्देश नजाने व्यवसायीहरुको धारणा रहेको छ। पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*