प्रकाउ परेको १२ घण्टा नबित्दै ब्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना

१८ माघ २०८०, बिहीबार २१:२१

काठमाडौं । प्रकाउ परेको १२ घण्टा नबित्दै ब्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ । चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन् ।

चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण । अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन् । उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*