फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१९ माघ २०८०, शुक्रबार १०:४६

काठमाडौँ । नेपालमा बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहिबार तोलामा ५०० रुपैयाँले बढेको सुन आज तोला ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*