मुक्तिनाथ विकास बैंकको लाजिम्पाट शाखालाई महानगर प्रहरीले गर्‍यो कारबाही

१९ माघ २०८०, शुक्रबार १७:४७

काठमाडौं । महानगर प्रहरीले सडकपेटी विगार्ने मुक्तिनाथ विकास बैंकको लाजिम्पाट शाखालाई कारबाही गरेको छ । सडकपेटी विगारेको भन्दै शुक्रबार महानगर प्रहरीबलले काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा रहेको मुक्तिानाथ विकास बैंकको शाखा कार्यालयलाई दण्ड जरिवाना स्वरुप १० हजार तिराएको छ ।

महानगर प्रहरीले सुरज गौडेलका नाममा रसिद जारी गरेको महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले बीमापोष्टलाई बताए । उनका अनुसार आगामी दिनमा त्यस्ता गतिविधि गरे प्रशासनिक दण्ड जरिवानाभन्दा ठूलो कारबाही गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*