सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको छः विष्णु पौडेल

२० माघ २०८०, शनिबार १४:३५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको बताएका हुन् ।

उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ,’ उनले भने, ‘यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*