लगानीकर्तालाई बाध्यात्मक कारण शेयर बिक्री वापतको रकम समयमा भुक्तानी दिन नसकेको हो: स्टक ब्रोकर

२० माघ २०८०, शनिबार १५:१३

काठमाडौं । स्टक ब्रोकर एशोशियन अफ नेपाल विभिन्न बाध्यात्मक कारणले शेयर कारोबारको भुक्तानी दिन नसकिएको छ जनाएको छ । विभिन्न बाध्यात्मक परिस्थितिहरुले गर्दा ब्रोकर कम्पनीहरुको भरपुर प्रयत्नका वावजुद पनि शेयर बिक्री वापतका केही रकमहरु विद्युतिय माध्यमवाट भुक्तानी गर्न विलम्व हुन गएको एशोशियनले उल्लेख गरेको छ।

हाल नेपालमा शेयर कारोवारको राफसाफ समयमा गरेको छ । शेयर खरिद गरेको अर्को कार्यदिन सम्ममा बाँकी रकम खरिदकर्ताले भुक्तानी गरिसक्नु पर्ने र शेयर विक्रि गरेको अर्को कार्यदिन सम्म शेयर विक्रिकर्ताले भ्म्क्ष्क् गरि त्ंद्द मा राफसाफ भई ब्रोकर कम्पनीको खातामा खरिद गरेको शेयर तथा विक्रि गरेको शेयरको रकम जम्मा हुने गर्दछ । यसरी शेयर बिक्रि वापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम शेयर बिक्रिकर्ताको बैंक खातामा बिद्युतिय प्रणाली मार्फत् पठाईने गरिदै आएको छ ।

तर एशोशियनले विभिन्न बाध्यात्मक कारणले समयमा भुक्तानी दिन नसकिएको जनाएको छ । आगामी दिनहरुमा सरोकारवाला पक्षहरुसँग छलफल गरि भुक्तानी प्रणालीलाई चुस्त दुरुस्त बनाईने एशोशियनले प्रष्ट पारेको छ।

यस्तो छ कारण

-माघ ३ र ४ गते ठुलो परिमाणमा तथा धेरै पटक शेयर कारोवार भएको ।

-माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए तापनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिष्टम (TMS) मर्मतको लागि बन्द भएका कारण TMS मा माघ ७ गते मात्र बिल जेनेरेट भएको ।

– तसर्थ, माघ ४ र ५ गते राफसाफ भएका बिलहरुको भुक्तानी माघ ७ गतेदेखि मात्र भुक्तानी प्रोसेसिङ्ग गर्न सकेको माघ २, ३ र ४ गतेको कारोवारको भुक्तानी TMS बाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया शुरु गर्न मिलेका कारण Payment Getway मा अधिक चाप पर्न गएको ।

-TMS मर्मत भईसके पश्चात् सो प्रणाली मार्फत् विद्युतिय माध्यमवाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोवारहरु केही दिनसम्म पनि प्रोसेसिङ्गमा नै रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको ।

-दैनिक रुपमा धेरै कारोवारहरु भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरु भुक्तानी भए तापनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि Invalid भई पुनः प्रोसेसिङ्ग गर्न परेको ।

-अन्य Payment Getway मार्फत् भुक्तानी गर्दा दैनिक सिमा लागु भएकाले सबै ग्राहकको भुक्तानी TMS वाहेक अन्य माध्यमवाट मात्र प्रोसेसिङ्ग गर्न सम्भव नरहेको ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*