घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२१ माघ २०८०, आईतवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।