बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना तोकिएकी फरार मन्दिरा केसी पक्राउ
२१ माघ २०८०, आईतवार १७:२४

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दामा फरार एक जना महिलालाई पक्राउ गरेको छ । सिआइबीले बनेपा नगरपालिका ६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई पक्राउ गरेको हो।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन्।त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण ७ र ९मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेकी थिइन्।
तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरूपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो। उनलाई ३ महिना कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो।












