क्रेस्ट माइक्रो लाइफको मुनाफा ११ लाख ८५ हजार, कस्ता छन् अन्य सूचक ?
२२ माघ २०८०, सोमबार ११:३६

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ११ लाख ८५ हजार ५९ रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनी यस दोस्रो त्रैमासमा मात्र १ करोड ३२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको रिपोर्टमा उल्लेख छ ।
यता, कम्पनीको कुल बीमा शुल्क समेत १ करोड ५७ लाख ८३ हजार रुपैयाँ रहेको छ । जसमा कम्पनीले यस दोस्रो त्रैमासको३ महिनामा मात्र १ करोड ४६ लाख ४ हजार रुपैयाँ आर्जन गरेको हो ।
समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ र महाविपत्ति कोषमा ५ लाख ५६ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.४५ पैसा रहेको छ ।












