विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता

२२ माघ २०८०, सोमबार १६:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा फिर्ता लिएको खबर छ । चन्दको राजीनामा ‘रीतपूर्वक’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको बताइएको छ ।

२९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी वसन्त कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेको बताइएको छ । यससँगै उनको १० दिने विदा स्वीकृत भएको मानव संशाधन विभागले जनाएको छ । चन्दले राजीनामा पत्र फिर्ता लिएको मानव संशाधन विभागका एक अधिकारीले बताएका छन् ।

चन्दको राजीनामाबारे केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले भने केही बताएनन् । चन्द काममा फर्के नफर्केकोबारे पनि प्रहरी प्रधान कार्यालयले केही कुरा खोलेको छैन ।

बाहिर फेरा व्यक्तिगत कारण भन्दै चन्दले शनिबार राजीनामा दिएको बताइएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको सचिवालयबाट राजीनामा पत्र मानव संशाधन विभाग पुगेको थियो ।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका बताइएको छ । यस विषयले गृहमन्त्रालयमा समेत हंगामा मच्चिएको थियो । आईजीपी कुँवर र उच्च पदस्थहरुले सम्झाएपछि चन्दले राजीनामा फिर्ता लिएको बताइँदैछ ।

चन्द गत वैशाख १३ गतेदेखि विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेका चन्दले माघ १२ गते विमानस्थलमा भएको अध्यागमन कर्मचारी र प्रहरीबीचको झगडाको विषयलाई नै लिएर जागिर छोड्ने निधो गरेको उनी निकटस्थहरुले बताएका छन् । चन्दको ३० वर्षे सेवा अवधिका हिसाबले २०८१ चैत मसान्तसम्म कार्यकाल छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*