घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयरमा लिलामी दिने आज अन्तिम दिन

२३ माघ २०८०, मंगलवार ११:०१

काठमाडौँ । घलेम्दी हाइड्रोपावरले माघ ९ गतेदेखि निष्कासन गरेको लिलामीमा सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोेकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*