महंगीको वृद्धिदर घट्यो

२३ माघ २०८०, मंगलवार १३:१२

काठमाडौं।  महंगीको वृद्धिदर घटेको छ । २०७९ पुसको तुलना २०८० पुसमा महंगीको वृद्धि दर घटेको हो । गत वर्षको पुसमा ७।२६ प्रतिशत रहेको महंगी दर चालु आर्थिक वर्षको पुसमा ५।२६ प्रतिशतमा सीमित रहेको हो ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा महँगी दर घटेको उल्लेख छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ५।७७ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको महँगीदर ४।८५ प्रतिशत रहेको हो ।

यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३।०७ प्रतिशत, १।०४ प्रतिशत र ०।०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५।६० प्रतिशतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै खाद्य तथा खाद्यजन्य पदार्थमा ११।३८ प्रतिशत, दाल तथा गेडागुडीको ११।१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०।२९ प्रतिशत र फलफूलको १०।१५ प्रतिशतले बार्षिक बिन्दुगत मूल्य सूचकांक बढेको हो ।

राष्ट्र बैंककाअनुसार गैर खाद्य तथा सेवा समुह अन्र्तगत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १।६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२।८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९।७३ प्रतिशत, शिक्षाको ८।९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५।१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४।९६ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*