उच्च र जिल्लाका १२ न्यायाधीशको एकैपल्ट सरुवा, को कहाँ पुगे (सूचीसहित)

२३ माघ २०८०, मंगलवार १६:०८

काठमाडौं । न्यायपरिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको काज तथा सरुवा गरेको छ । मंगलबार बसेको परिषद बैठकले उच्च र जिल्ला गरेर १२ जना न्यायाधीशहरुको काज तथा सरुवा गरेको हो ।

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मी उच्च अदालत पाटन सरुवा भएका छन् भने सुर्खेत कै अर्का न्यायाधीश काजीबहादुर राई उच्च अदालत विराटनगर सरुवा भएका छन् ।
उच्च अदालत तुलसीपुर र बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज दिइएको छ ।

जिल्लातर्फ ६ जना न्यायाधीशको सरुवा भएको छ । ललितपुर जिल्ला अदालत, कास्की, मकवानपुर, पर्सा र झापामा न्यायाधीशहरुको सरुवा भएको छ । रौतटहमा रहेका तेजबहादुर खड्का झापामा सरुवा भएका छन् ।

न्यायाधीश ऋषिराम आचार्य, हरिप्रसाद कोइराला, अवनी मैनाली भट्टराई, प्रमेश पोखरेल, भीमबहादुर निरौला क्रमशः ललितपुर, कास्की, मकवानपुर, पर्सा र झापामा सरुवा भएका छन् ।

दयाराम ढकालले भने चितवन जिल्ला अदालतमा काज पाएका छन् । उनी यसअघि डडेल्धुरा जिल्ला अदालतमा थिए । बाबुराम सुवेदीलाई मोरङ र कुलप्रसाद पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज दिइएको छ ।

Saruwa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*