संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

२३ माघ २०८०, मंगलवार १८:५६

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी पाण्डेलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिव पदमा नियुक्त गरीएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*