एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई भोलि बाँडफाँट हुने
२३ माघ २०८०, मंगलवार १९:१६

काठमाडौँ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ ।
उक्त योजनाको १ अर्ब रकम बराबरको १० करोडइकाईहरु प्रति इकाई अंकित मूल्य १० दरमा माघ २ गते देखि १६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको भोली बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिनेछ ।