राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओका लागि दरखास्त आह्वान

२४ माघ २०८०, बुधबार १०:३०

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । सोका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

यसका लागि सूचनामा तोकेबमोजिमको शैक्षिक योग्यता र अनुभव भएको तथा नियामक निकायबाट सिईओ हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको र दरखास्त बुझाउने अन्तिम दिनसम्म ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा सूचना प्रकाशित मिति (माघ २४ गते) ले २१ दिनभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*