सहकारीले लाखौ जनता ठग्यो, सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छः सांसद मोदी
२४ माघ २०८०, बुधबार ११:२१

काठमाडौँ । सांसद अमनलाल मोदीले सहकारीबाट लाखौ लाख जनताको रकम दुरुपयोग भएकोमा दुःख ब्यक्त गरेको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताए ।
‘जनताले खाइनखाई आफ्नो श्रमबाट आर्जन गरेको पैसा बचत गर्छन तर ती बचतहरु लाखौ लाख जनताको दुरुपयोग भएको छ । तन जनता उक्त पैसा जनताले पाएको छ नत सम्बन्धीत मान्छेलाई कारबाही भएको छ’ उनले भने, – ‘सहकारी संस्था दुरुपयोगलाई छानबिनको दायरमा ल्याउनु पर्छ । नियामकले समेत कमीकजोरी सुधार गर्दै सहकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’












