नेरुडे लघुवित्तको नाफा साढे २ करोड, कस्ता छन् अन्य सूचक ?

२४ माघ २०८०, बुधबार ११:२८

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीकोे मुनाफा २ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६२.२५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको २४ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २४ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेको छ । कम्पनीको संचालन नाफा ६१.९६ प्रतिशतले घटेर ३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक, चुक्तापूँजी ७३ करोड २० लाख रुपैयाँ र जगेडा कोषमा ५९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १३ पैसा घटेर ६ रुपैयाँ ७८ पैसामा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३८ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*