संसद्ले जनताको आवाज कानुन निर्माणमा समेटिनु पर्छः पूर्वसभामुख घर्ती

२४ माघ २०८०, बुधबार १३:३६

काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले जनताको आवाज कानुन निर्माणमा समेटिनुपर्ने बताएकी छन् । नेपाल अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ शीर्षकको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

संसद्ले कानुन निर्माण गर्दा जनतासँग प्रत्यक्ष सुझाव लिनुपर्ने घर्तीको तर्क छ । उनले भनिन्, – ‘लोकतान्त्रिक शासन भएको मुलुकमा बढीभन्दा बढी जनताका आवाज सुनिु पर्छ । संसद्को कार्यसञ्चालन नियमावलीमै कानुन निर्माण गर्दा जनताको राय लिने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयनमा आएको छैन ।’

संसद् मुलुक र जनताका एजेण्डाबारे यावत छलफल गर्ने थलो भएको भन्दै संसद्लाई विरोधको थलोका रुपमा मात्र चित्रित गर्न खोजिएको घर्ती बताइन् । उनले छिटोभन्दा छिटो संविधानले व्यवस्था गरेअनुसारका कानुन निर्माणमा ध्यान दिन संसदलाई आग्रह गरिन्।

‘कानुन बनाउने दायित्व जननिर्वाचित प्रतिनिधिहरुको हो तर जनताको पनि प्रत्यक्ष सहभागिता रहोस् भनेर म सभामुख भएको समयमै कानुन निर्माणका क्रममा सर्वसाधारणसँग परामर्श लिने व्यवस्था गरिएको थियो’ उनले भनिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*