‘एनआईबीएल स्टेबल फन्ड’ को इकाई बाँडफाँट, कति पुग्यो योजनाको आकार ?

२४ माघ २०८०, बुधबार १४:१७

काठमाडौँ । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सचालन हुन लागेको बन्दमुखी योजना ‘एनआबीएल स्टेबल फन्ड’ को इकाई बाँडफाँट भएको छ । आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलले बीज पुँजी सहित कुल १० करोड इकाईहरु माग २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो । यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि आवेदन दिएका थिए ।

यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*