बुढानिलकण्ठ हेरिटेजले १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

२४ माघ २०८०, बुधबार १८:३१

काठमाडौँ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँमा १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बुढानिलकण्ठ हेरिटेजबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरुको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी १ अर्ब पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*