बाँसबारी जग्गा प्रकरणबाट भाई रिहा भएकै दिन विनोद चौधरी दिल्ली प्रस्थान

२४ माघ २०८०, बुधबार १९:१६

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका भाई अरूण चौधरी रिासतमुक्त भएको केही घण्टा नवित्तै कांग्रेस सांसद विनोद चौधरी बुधबार साँझ सुटुक्क दिल्ली प्रस्थान गरेका छन् । उनी छोरा राहुललाई लिएर अहिले साँझ ५ बजे इण्डिगो एयरको जहाजबाट दिल्ली उडेको बताइएको छ ।

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा केन्द्रिय अनुसन्धान व्युरोले छानबिनको लागि बोलाउने चर्चा चलिरहेकै बेला उनी सुटुक्क भारत प्रस्थान गरेका हुन् । अब उनी यो प्रकरणको टुंगो नलाग्दासम्म नेपाल फर्किने सम्भावना कमै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*