जीबी, रवि र छविको करामत-‘ठगी’ : ग्यालेक्सी टिभीका साझेदार पूर्वडीआईजी जोशीको शंखमूलस्थित घरमा प्रहरीको छापा

२५ माघ २०८०, बिहीबार १५:०८

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो ।

जीबी राई जोडिएका पोखराको सूर्यदर्शन सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको शंकामा प्रहरीले पूर्वडीआईजीको घरमा छापा मारेको बताइएको छ । जोशीको घरबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयर बरामद गरेको बताइएको छ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राई र पूर्वडीआईजी जोशी व्यापारिक साझेदार हुन् ।

उनीहरु दुबैको साझेदारीमा ग्यालेक्सी फोर के टेलिभिजन खुलेको थियो । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जनाविरुद्ध पुरक जाहेरी दिएका छन् । सहकारीका संस्थापक अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*