चेतावनी दिएपछि टेरामक्स खरिदको अनियमिततामा जोडिएका स्वास्थ्यमन्त्री बस्नेतले दिए बयान
२५ माघ २०८०, बिहीबार २२:१७

काठमाडौं । टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् ।नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।
पटकपटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेका मन्त्री बस्नेताई चेतावनी दिएपछि बयान दिन उनी आज पुगेका हुन् ।
गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले हालै नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको थियो ।