नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो, जवानमा मात्रै १ हजार ८५६ जना माग (सूचनासहित)

२६ माघ २०८०, शुक्रबार ११:३६

काठमाडौं । नेपाल प्रहरी (जनपद) ले खेलाडीदेखि जवानसम्म १ हजार ९५० जनाका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवानमा जम्मा १ हजार ८५६, कार्यालय सहयोगीमा भान्छेतर्फ ५३, हजामतर्फ ७, कुचिकारतर्फ २० र खेलाडीतर्फ १४ जनाको लागि दरखास्त माग गरिएको छ ।

दरखास्त फाराम फागुन २ गतेदेखि चैत्र ९ गतेसम्म कार्यालय समयसम्म ताकिएको स्थानमा दर्ता गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*