८५ पुरुष र २० महिलालाई कुवेतमा रोजगारको अवसर, मासिक तलब कति?

२६ माघ २०८०, शुक्रबार १३:१४

काठमाडौं । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको कपिको ग्रुप होल्डिङ कम्पनीले ८५ जना पुरुष र २० जना महिला गरी १०५ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ । कामदारले प्रतिदिन ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्नेछ । करार अवधि २ वर्षको रहेको छ भने कामदारले कम्पनीको नियमानुसार वार्षिक विदा पनि पाउनेछन् ।

कामदारले खाना तथा बस्ने सुविधासहित ४० हजार देखि १ लाख ७ हजार नेपाली रुपैयाँसम्म तलब पाउनेछन् । इच्छुक कामदारले आरभ ग्लोबल रिक्रुटमेन्ट प्रा.लि. एकताटोल, सिनामंगल काठमाडौंमा सम्पर्क राख्न सक्नेछन् ।

अन्तर्वार्ता पोखरामा फागुन ४ गते र काठमाडौंमा फागुन ६ र ७ गते हुनेछ । स्वदेशमा हुने मेडिकल खर्च, बीमा भिसा स्ट्याम्पिङ शुल्क कामदार आफैले बेहोर्नु पर्नेछ । हवाई टिकेट, विदेशमा हुने मेडिकल, भिषा शुल्क रोजगारदाताले बेहोर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*