क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीडभाड, विशेष छुट र आकर्षक अफर !

२६ माघ २०८०, शुक्रबार १३:५७

काठमाडौँ । माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला संचालन भइरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) आयोजनामा संचालन भइरहेको मेलामा आज दोस्रो दिन निकै भिडभाड रहेको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी शुरु भइरहेको हो । उक्त मेलामा युवा र विद्यार्थीहरुको भिडभाड बढी रहेको छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइ रहेको छ ।

क्यान मेलामा राखिका विभिन्न सूचना प्रविधिहरुका आकर्षक छुटको समेत ब्यवस्था गरेको छ । ल्यापटप, कम्प्युटर, एरपड र प्रिन्टिर लगायतका बस्तुमा बम्फर छुट दिइरहेको छ । साथै, इसेवाले मात्र ३६० रुपैयाँमा एक नयाँ प्याकेज सार्वजनिक समेत गरेको छ । उक्त प्याकेजमा ग्राहकले वार्षिक ३६० रुपैयाँमा २ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाउनेछन् । जसमा १ लाखसम्मको दुर्घटना बीमा, १० हजारसम्मको अस्पताल बेड चार्ज, १ लाख २० हजारसम्मको थप अन्य खर्च र अन्य स्वास्थ्य सेवामा ३५ प्रतिशत सम्मको छुट ब्यवस्था रहेको छ ।

मेलामा आइजीआई प्रोडेन्सियल इन्स्योरेन्सको स्टल समेत रहेको छ । सो स्टल मार्फत कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि लक्षित बीमा योजनाको बारे जानकारी दिइरहेको छ ।

बीमा पोष्ट डटकमले समेत बीमा सम्बन्धी सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले उक्त मेलामा स्टल राखेको छ ।

यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिएको छ । क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । माघ २९ गतेसम्म चल्ने उक्त मेलामा करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा क्यानले राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*