पक्राउ पर्ने डरले स्वास्थ्य मन्त्री बस्नेतले सुटुक्क दिए अख्तियारलाई बयान

२६ माघ २०८०, शुक्रबार १५:१८

काठमाडौं । जुनसुकै अवस्थामा पनि आफु कानूनबाट उम्किने जिकिर गरेर अख्तियारमा बयान दिन आनाकानी गरिरहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नतेत अन्ततः बयान दिएका छन् ।

अन्ततः उनी सुटुक्क अख्यितारको कार्यालय टंगाल पुगेर बयान दिएको बताइएको छ । यसअघि उनले आफुले कानूनले समात्ने गरी कुनै गल्ती नगरेको भन्दै बयान दिन मानिरहेका थिएनन् । पक्राउ नै पर्ने खतरा देखेपछि भने उनी बयान दिन गएका निकटस्थहरुले बताएका छन् ।

बयानमा उनले, ‘टेरामक्स आवश्यक भएर खरिद गरेको हो । भ्रष्टाचार गरिएको छैन । अदालतले पनि किन्ने बाटो खोलेकाले खरिद गर्ने निर्णय गरेका हौं’ भनेको अख्यिारका अनुसन्धान अधिकारीहरुले बीमापोष्टलाई बताए ।

बस्नेतले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिदको निर्णय गरेका थिए । अहिले स्वास्थ्य मन्त्री रहेका बस्नेतविरुद्ध मुद्दा दर्ता गर्ने तयारी स्वरुप अख्तियारले बयान लिएको हो ।

अख्तियारले यस प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र पठाएको थियो । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई अमेरिकाबाट फर्किर्एलगत्तै फाइल आफैँले अध्ययन गरेको बताइएको छ ।

अध्ययनपछि अख्तियार प्रमुखसहितको पदाधिकारी बैठकले आरोप लागेका हाई प्रोफाइल व्यक्तिहरुको बयान लिन नसके मुद्दा कमजोर हुन सक्ने भएकाले स्वास्थ्य मन्त्री बस्नेतको बयान लिनुपर्ने राय दिएपछि अख्तियारले बयानका लागि चिठी लेखेको हो ।

बस्नेतले सञ्चारमन्त्री रहेका बखत टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गर्दा त्यो बेला मन्त्रालयका सचिव रहेका महेन्द्रमान गुरुङलाई पनि अनुसन्धानको घेरामा राखेर बयान लिइएको छ ।

मन्त्रीको नीतिगत निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सञ्चालक समितिबाट निर्णय गराएर खरिद प्रक्रिया अघि बढाएका थिए । यसरी खरिद प्रक्रिया अघि बढेको टेरामक्स प्रविधि अहिलेको समय सुहाउँदो नभएको र आउटडेटेड भइसकेको बताइँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*