सेयर खरिद बिक्रीसम्बन्धीको प्रतिवेदन अहिल्यै सार्वजनिक गर्न मिल्दैनः सञ्चारमन्त्री शर्मा

२६ माघ २०८०, शुक्रबार १७:३८

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउँदै अहिलेनै सार्वजनिक गर्न नमिल्ने बताएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन् ।

उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिएकी हुन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए । समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*