८० प्रतिशत हकप्रद सेयर जारी हुने भएपछि हिमालयन रि को सेयरमा लगानीकर्ताको आकर्षण, कतिमा हुँदैछ कारोबार ?

२८ माघ २०८०, आईतवार १३:२७

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको ६ लाख २९ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ५८ लाख १३ हजार २२० रुपैयाँको कारोबार भएको छ ।

यो समाचार तयार पर्दा (१ः२२ बजे) सम्म कम्पनीको सेयर मूल्य १.६७ प्रतिशत अर्थात ११ रुपैयाँ ५० पैसाले बढेर ७०० रुपैयाँ५० पैसा रहेको छ ।

कम्पनीले शुक्रबार हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सोहि कारण कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*