बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार काभ्रेका थापा पक्राउ
२८ माघ २०८०, आईतवार १४:३४

काठमाडौँ । बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले काभ्रे पनौती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका उनलाई सिआइबीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।












