बुद्धभुमि नेपाल हाइड्रोपावरका संचालक बलराम खतिवडाले दिए राजीनामा

२८ माघ २०८०, आईतवार १८:३१

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका संचालक बलराम खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाले व्यक्तिगत कार्य व्यस्तता साथै पारिवारिक समस्याको कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् । उनले आइतबार संचालक समिति समक्ष आफ्नो राजिनामा पेश गरेका छन्।

‘कम्पनीको संचलाक सदस्य रही जिम्मेवारी निर्वाह गर्दै आइरहेको थिए । तर, हाल व्यक्तिगत व्यस्तता र पारिवारिक कारणले कम्पनीमा समय दिन असमर्थ हुने देखिएकोले संचालकपदबाट राजीनामा दिएको छु’ उनले पेश गरेको राजिनामा पत्रमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*