बजेटको अर्ध बार्षिक समीक्षा आजै सार्वजनिक हुँदै, के के हुँदैछन् परिवर्तन ?

२९ माघ २०८०, सोमबार १०:१५

काठमाडौं । सरकारले आज बजेटको अर्धबार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयमा आज अपरान्ह ३ः३० बजे चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरणम महतको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार इलेक्ट्रिकल गाडीको सस्तो करलाई समीक्षामार्फत बढाउन चर्को दवाव रहेको भएपनि तत्काल करको दर हेरफेर नहुने बुझिएको छ । स्रोतका अनुसार बजेट समीक्षामार्फत सरकारी खर्च कटौति, बजेटको आकार संशोधन हुनेछन् । त्यस्तै केही नीतिगत विषयहरु सम्बोधन गर्न लागिएको छ । सरकारले बजेट समीक्षामार्फत कुनै छुट नदिने बरु आम्दानी बढाउने र खर्च घटाउने पक्षमा महत्वपूर्ण निर्णयहरु हुने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*