चालु आबको बजेट ८७.३८ प्रतिशतमा झारेर संशोधन, १७.५१ खर्ब बजेट १५.३० अर्बमा झारियो

२९ माघ २०८०, सोमबार १६:१८

काठमाडौं । सरकारले चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ । चालु आवको बजेटमार्फत सरकारले लक्ष्य राखेको बजेट खर्च र आम्दानी दुवै पुरा गर्न नसकिने भएकोले संशोधन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाएका छन् ।

मन्त्री महतले चालु आवको लागि छुट्याएको कूल बजेटको ८७.३८ प्रतिशत घटाएर संशोधन गरेका छन् । जस अनुसार कूल खर्च १५ खर्ब ३० अर्ब हुनेछ ।

संशोधित बजेट अनुसार चालु खर्च ८८.८४ मा झारिएको छ । त्यस्तै, पँजिगत खर्चको कूल खर्च अनुमानितलाई ८४.१३ झारेर संशोधन गरिएको छ । त्यस्तै, वित्तीयतर्फ ८७.३९ खर्च हुने संशोधित अनुमान गरिएको छ ।

सरकारले बजेटका लागि राजश्व संकलन पनि लक्ष्य अनुसार नपुग्ने भएकोले बजेट संशोधन गरेको अर्थमन्त्री डा. महतले स्पष्ट पारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*