यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा (पूर्णपाठ)

२९ माघ २०८०, सोमबार १६:३८

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षा मार्फत चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ ।

चालु आवको बजेटमार्फत सरकारले लक्ष्य राखेको बजेट खर्च र आम्दानी दुवै पुरा गर्न नसकिने भएकोले संशोधन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाएका छन् । मन्त्री महतले चालु आवको लागि छुट्याएको कूल बजेटको ८७.३८ प्रतिशत घटाएर संशोधन गरेका छन् । जस अनुसार कूल खर्च १५ खर्ब ३० अर्ब हुनेछ ।

अर्धवार्षिक समिक्षा 2080_81_10_29 _10_15 Final to print

मन्त्री महतले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्कने बताए । उनले अगाडि भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो । बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*