हराएका १७ वटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

२९ माघ २०८०, सोमबार १७:०४

काठमाडौँ । हराएका १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षमा २५२ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरीएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डौ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्क लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

साथै सो कार्यालयले २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई समेत कारवाहीका लागि विभिन्न कार्यालयमा पठाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*