सर्वोच्च र गृह मन्त्रालयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले दिए जनयुद्ध दिवसको विदा

२९ माघ २०८०, सोमबार १७:१७

काठमाडौं । सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्णयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले फागुन १ गते जनयुद्ध दिवसको विदा दिएका छन् ।

गोरखाको भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले मंगलबार अर्थात् फागुन १ मा सार्वजनिक विदा दिने भन्दै सूचना नै जारी गरेका छन् । उनीहरुले जनयुद्ध दिवस मनाउन भन्दै पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना जारी गरेका हुन् ।

गृह मन्त्रालयले भने सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार मन्त्रिपरिषदको माघ २५ मा बसेको बैठकको निर्णय अनुसार मंगलबार अर्थात् फागुन १ गते सार्वजनिक विदा कायम नरहेको भन्दै सोमबार सूचना प्रकाशित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*