काठमाडौँमा प्रसाईं नेतृत्वले शक्ति प्रदर्शन गर्दै, सुरक्षामा कडाई

१ फाल्गुन २०८०, मंगलवार ११:११

काठमाडौँ । आज काठमाडौँ उपत्यका भरी व्यवसायी दुर्गा प्रसाईं शक्ति प्रदर्शन गर्दैछ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज प्रदर्शन गर्ने लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न प्रसाईको नेतृत्वलाई अनुमति दिएको हो । प्रदर्शनमा शान्ति पूर्ण बनाउन आज सुरक्षा ब्यवस्था समेत कडाई गरेको छ । काठमाडौँ उपत्यकाका मुख्ख मुख्य चोकहरुको प्रहरीहरुको बाक्लो उपस्थिती रहेको छ ।

काठमाडौँका विभिन्न सात स्थानबाट ¥याली गर्दै सभा स्थलमा भेला हुने तयारी भइरहेको छ । विभिन्न सात वटा रुट कायम गरी कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने जनाइएको छ ।२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने माग राख्दै प्रसाईंको आन्दोलन हुँदैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*