पोखरामा तस्करीको ७ किलो सुन र ६ किलो चाँदीसहित सुन पसले पक्राउ

१ फाल्गुन २०८०, मंगलवार १४:३१

काठमाडौं । कास्कीमा ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर-११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरेर बसेका ४० वर्षीय सुरजित भौमिक हुन् ।

मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले बताएको छ ।

चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको गहना र नगदसहित उनलाई पक्राउ गरेको र यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*